बीरगंज -नेपालको इतिहासमा कालो दिनको रुपमा २४ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्या सहित राजपरिवारका १० सदस्यको हत्या गरिएको थियो ।

नारायणहिटी राजदरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ ।राजपरिवारका १० सदस्यको हत्या गरिएको थियो ।२०५८ साल जेठ १९ गते शुक्रबार, (सन् २००१ जुन १ तारिखका दिन)भएको घटनामा राजपरिवारका अन्य सदस्य सहित राजा वीरेन्द्रको वंश नाश भएको थियो । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो ।


हत्याकाण्डका विषयमा विभिन्न चरणमा छानविन भएतापनि आज साल २०८१ जेष्ठ १९ शुक्रबार,(सन्२०२४ जुन १ तारिख ) २४ वर्षको लामो समय बितिसक्दा पनि हत्याराको अत्तोपत्तो छैन। दोषीलाई लुकाउन र राजदरबार हत्याकाण्डमा संलग्न रहेका व्यक्तिहरूले प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकाली युवराज दीपेन्द्र लाई सम्पूर्ण घटनाको दोषी करार गरिदिए ।

यो कस्तो अचम्म !साल फेरियो महिना फेरियो , गते र दिन पनि फेरियो ,राजदरबार हत्याकाण्ड २४ वर्ष अगाडिको गते , मिति र दिन उहि छ ।

राजा वीरेन्द्रको वंश नाश भएको मिति २०५८ साल जेठ १९ गते शुक्रबार, (सन् २००१ जुन १ तारिखका दिन) र आज साल २०८१ जेठ १९ शुक्रबार (सन्२०२४ जुन १ तारिख ) ।

थुप्रै सत्ता फेरिए नेता फेरिए हाम्रो सरकार आएपछि दरबार हत्याकाण्डका दोषिलाई जसरी पनि पत्ता लगाएर कार्बाही गर्ने दावा गर्दै सडक र सदन तताए तर पत्ता लगाउन त के कसैले कुरो पनि उठाएन ।


हरेक नेपाली नागरिकको मुटु सिरिङ्ग बनाउछ अनि सोच्न बाध्य बनाउछ २४ बर्ष बिति सक्दा पनि तत्कालीन समयका जनपृय स्व. राजा बिरेन्द्र वीर बिक्रम शाहदेवको परिवारको बङ्श नास हुने गरि गरिएको राजदरबार हत्याकाण्ड कस्ले घटायो? किन घटायो? र छानबिन र कार्बाहि कुन सत्ता र शक्तिले गर्ला?

जनताका लोकप्रिय राजा बिरेन्द्रका सिङ्गो वंश विनास बनाउने त्यो हत्याकाण्ड को डिजाइनर को थिए र किन गराए ? पुस्तकका पाना पल्टे जस्तै २४ वर्ष बित्यो तर दरबार हत्याकाण्डको रहस्य अझै सम्म खुल्न सकेको छैन ।देशमा क्रान्तिको नाममा धेरैले ज्यान लिए र धेरैले ज्यान दिए त्यसको बदलामा देशले के पायो त ?

राजतन्त्रको ठाउँमा गणतन्त्र आयो राजाको स्थान राष्ट्रपतिले लिए तर यो घटना सँगै राजनीतिमा जो अडिकता थियो त्यो पूर्ति भयो त ? प्रश्न अझै निरउत्तरित छ । हामी जनताहरूले तपाइहरूबाट के अपेक्षा राख्दा उचित होला सरकार ?किन बुझ्दैनन् सरकार मा बस्नेहरुले ? किन चुप लागेर बसी रहन्छन पुलिस प्रशासन? किन पक्रन सक्दैन यस्ता ब्याक्तिहरुलाई ?दरबार हत्याकाण्ड लाई किन चासो दिइएन ? किन मौन हुनुहुन्छ राष्ट्रपति ? आफ्नो राजा को हत्यारालाई खोजी गर्नुपर्ने विषयलाई किन कहिलेसम्म थाती राखेर बस्नुहुन्छ ? खोइ प्रधानमन्त्री यी घटनाको विषयमा खोजी गरेको ?

यो घटनाको जानकारी भएका हरेक नेपालीहरूलाई रहस्यको विषय बनेको छ सोच्न बाध्य बनाएको छ ।घटनाको विषयलाई लिएर दोषीलाई नेपाल सरकारले कारबाही गरेको हेर्न सम्पूर्ण नेपालीहरू को आँखा टोलाई रहेको छ ।उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

अन्त्यमा स्वर्गबासी राजा बिरेन्द्र लगाएत सम्पुर्ण मृतक परिवार प्रती हार्दिक श्रद्धाञ्जली ।