वीरगन्जका प्रथम मेयर स्वर्गीय केशर प्रसाद मानन्धरको सम्झानामा अन्तर विद्यालय फुटबल प्रतियोगीता संचालन हुने भएको छ । वीरगन्ज भेट्रान्स सिटिको आयोजनामा आर्दशनगर रंगशालामा अगामी फागुन ७ गते बाट अन्तर विद्यालय फुटबल प्रतियोगीता भएको हो ।

एक हप्ता सम्म संचालन हुने प्रतियोगीतामा सामुदायिक र निजि गरी १२ वटा विद्यालय सहभागी हुने आयोजक वीरगंज भेट्रान्स सिटीका अध्यक्ष सबिन बस्नेतले बताए ।

उनका अनुसार यस प्रतियोगीतामा वीरगन्ज महानगरपालिकाको ३२ वटा वडाहरुमा संचालनमा रहेका विद्यालयहरुमा खेलाडिहरुको खेल प्रति उत्सुकता र शिक्षा,स्वास्थ खेल प्रति जागरुकता ल्याउने छ । वीरगन्जका प्रथम मेयर मानन्धरको स्मिृतिमा हुने यस प्रतियोगीतामा उहाँले बीरगंजवासीलाई दिएको योगदान र पहिचानकोलागी यस्ता खेलको आयोजना गर्नु परेकोे अध्यक्ष सबिन बस्नेतले बताए । ।

प्रथम वीरगन्ज मेयर स्व.केशर प्रसाद मानन्धर को हुन ?

वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ता स्थित बि.स. १९९४ मा जन्मेका स्व. केशर प्र. मानन्धर वि.स. २०१० देखि २०२० सम्म दुई कार्यकाल तत्कालिन वीरगञ्ज नगरपालिकाको प्रथम मेयर भएका थिए । उनले सानै देखि खेलकुद र खेलाडीहरु प्रति रुचि राख्दै उनले आफै क्रियाशिल भई फुटबल खेलाडीको रुपमा बिभिन्न प्रतियोगितामा भाग लिएका थिए । यस्तै वीरगन्जको आर्दशनगर रंगशालामा समय समयमा हुने फुटवल प्रतियोगीतामा बि.स.२०२१ सालमा रक्क्षापंतिमा खेल्दै आइरहेका थिए । मेयर मानन्धर युवा अवस्थामा फुटबलको साथ साथै भलिबलका पनि अब्बल खेलाडी थिए । फुटबल तथा भलिबल प्रतियोगितामा सहभागि भई खेलाडीहरुको नेतृत्वको भुमिकामा उत्रेका मानन्धरले खेल जगतमा धैरै महत्वपुर्ण योगदान दिएका थिए ।

राजनितिमा र खेल र खेलाडीहरुको रुपमा पहिचान बनाउन सफल भएका मानन्धरको बि.स. २०७३ सालमा निधन भयो ।