एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय क्रिकेटर विराट कोहलीले क्रिकेट सम्राट सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । 

बुधबार आईसीसी विश्वकप प्रतियोगिताको सेमिफाइनल खेल्दै गरेका भारत र न्यूजिल्याण्ड विचको खेल्मा विराट कोहलीले शतक प्रहार गर्दै सचिनको नाममा रहेको रेकर्ड तोडेका हुन् । ओडीआई करिअर अन्तर्गत यो विराटको ५०औं शतक हो। साथै उनी विश्वक्रिकेटमै सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन्।

सचिनले इन्टरनेशनल ओडीआईमा सर्वाधिक ४९ शतक प्रहार गरेका थिए। तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९औं शतक पूरा गरेका थिए। कोहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औं शतक बनाएका हुन्। जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले विस्फोटक प्रदर्शन गरिरहेको छ। 

यसपालिको आईसीसी विश्वकप प्रतियोगितामा भारतको श्रेष्ठ प्रदर्शन रहेको छ