नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।

काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई १६९ र डिजेललाई १६५ रुपैयाँ पर्ने छ । 

नयाँ मूल्य आइतबार मध्यरातिदेखि लागु हुने छ ।