२ माघ बीरगंज-सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छली ल्याएको रू ४,०८,२५० मूल्यका सामान बरामद गरेको छ । भन्सार छली भारतबाट बीरगंजमा चोरी पैठारी गरेको समान बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोली र भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित नाम नखुलेको एक घरमा छापा मार्दा भारतबाट भन्सार छली अवैध रूपमा भण्डारण गरी राखिएको अवस्थामा मूल्यहरू ४,०८,२५० को कपडा , चिनी , भुटेको बदाम ,मटर , दुवै पान र भाँडा माज्ने जाली सामान फेला पारेको हो ।बरामद गरिएको सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ
सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले सीमानाकाबाट भन्सार छली ठुलो मात्रमा लत्ताकपडा र खाद्यपदार्थ समेत ओसारप्रसारलाई नियन्त्रण गर्न गस्तीका टोली चौबिसै घण्टा सञ्चालन गरिएको साथै तस्करी विरुद्ध निर्मम भएर ड्युटीमा खट्न समेत सशस्त्र सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।