नेशनल ईन्फोटेक ले ग्लोबल बिजनेस कलेजलाई ३ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ। । 

नारायणी क्रिकेट रंगशालामा पुस १६ गतदेखि जारी नेशनल इन्फोटेक क्रिकेट कपअन्तर्गत आजको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजले निर्धारित २०ओभरमा सबै बिकेट गुमाएर १ सय ८ रन बनाई १०९ रनको टारगेट दिएको थियो ।  

नेशनल ईन्फोटेक कलेजले २० ओभरमा ७ विकेटकै क्षतिमा १ सय ९ रन बनाई जित हासिल गरेको छ ।  


प्रतियोगितामा नेशनल इन्फोटेक कलेजका शेराजुल आलम प्लेयर अफ दी म्याच घोषित भएका छन्।