जिल्लाको अलौ र अमरपट्टि नाका बाट फस्टाउदै गएको तस्करी बारे एक घटनाले उजागर भएपनी स्थानीय प्रहरी प्रशासनलाई कुनै किसिमको कारवाही हुन नसकेको देखिन्छ । मङ्गलवार राती करिब ११ बजेको समयमा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलिले तस्करीको माध्यमले नेपाल भित्रयाइएको मालसमानलाइ जफत गर्दै तस्करी भएको प्रमाण समेत फेला पारेपनी स्थानीय प्रहरी चौकिका कमान्डर लगायत सशस्त्र प्रहरीको कुनै युनिट कमान्डरलाई कारवाही नगरिएको देखिएको हो । पर्सा 

स्थानीय प्रहरी चौकी अमरपट्टि, प्रहरी चौकी अलौ त्यसैगरी बोर्डर आउट पोस्ट अलौ र अमरपट्टिको सहयोगमा नेपाल भित्रयाइएको करिब २२ लाख ६५ हजार ६ सय बराबरको मालसमान जफत गरिएको थियो । मङ्गलवार साझ सुचना पाउनसाथ सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको ५० जनाको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १९ बरवा टोलबाट अबैध तरिकाले भित्रयाइएको मालसमान जफत गरिएको थियो । बरामद भएको मालसमानमा भारतीय ब्रान्ड लेकमी कम्पनीको विभिन्न किसिमका क्रीम तथा राइजर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रहरीको दोधारो नीतीले ब्यपारीहरू कङ्गाल हुँदै गएका छन भने सीमामा खटिने प्रहरीहरू मालामाल हुने गरेको यस घटनाले पुष्टि समेत गरेको छ । सीमाबाट हुने अबैध क्रियाकलापलाई स्थानीय प्रहरी नै बढावा दिने गरेको यस घटनाले प्रष्ट पारेको छ । तस्कर समुहले मासिक रूपमै स्थानीय प्रहरी लगायत जिल्लाका नामूद घुमुवा अर्थात पैसा उठाउने गिरोहलाइ नजराना स्वरूप लाखौ रूपैया बुझाए पश्चात् खुल्ला रूपले सहजै तस्करी गराउन सफल त हुन्छन तर कोइ इमान्दार प्रहरीले आफ्नो दायित्व निर्वाह गर्दै छापामारी गरेर भएपनी मालसमान पक्राउ गर्दा यस्ता घटना बाहिर आउन बेर लग्दैन । यो घटना पनि ठिक त्यस्तै भएको प्रमानित भएको छ ।

दुई दुई ठाउमा राखिएको तस्करीको मालसमान बरामद गरिएपनी स्थानीय प्रहरीलाई कुनै किसिमको कारवाही नहुनु र कमान्डरलाइ नतानिनुले समेत जिल्ला प्रहरी कार्यालय पर्सासम्म सेन्डिगेट मिल्ने गरेको बारे सहजै अनुमान लगाउन सकिन्छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट पैसा कलेक्सन अर्थात हप्तवारी उठाउन दुई जना प्रहरीलाई परिचालन गरिएको बारे व्यापक चर्चाको बिषय बनेको छ । तर पर्साका एसपी कुमोद ढुङ्गेल जस्ता इमान्दार प्रहरी प्रमुखलाइ गुमराहामा राख्दै घुमुवा र स्थानीय प्रहरी आफ्नो कमाइ खाने थल्लोको रूपमा सीमा नाकालाइ बनाएको बारे स्पष्ट हुन्छ । तसर्थ यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लगायत माथिल्लो निकायको समेत ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।