३१ जेठ बीरगञ्ज  (पर्सा ) - बीरगञ्जमा आज पशु ढुवानी मापदण्ड २०६४ अन्तर्गत कार्यान्वयनको अवस्था ,समस्या र समाधान सम्बन्धी होटल ओम रेिजीडेन्सीमा एनिमाल नेपाल र पत्रकारहरु बीच अन्तकिर्य सम्पन भाएको हो ।

तस्बिर - सन्तोष कुमार कुशवाहा



पशु ढुवानीका लागि ११ बुँदे मापदण्ड तयार भएको १७ वर्ष हुँदैछ । क्रुरतापूर्वक पशुहरूलाई ट्रकहरूमा (ओसार पोसार ) पशुको ढुवानी गर्दा पशुलाई शरीरमा कुनै पनि असर नपर्ने गरी स्वच्छ वातावरण तथा प्राविधिक दृष्टिकोणले उपयुक्त हुने गरी एक ठाउँबाट अर्को स्थानमा ढुवानी गर्ने व्यवस्था गर्नु गराउनु भनिएको छ । तर २०६४ सालमा सरकारले जारी गरेको ११ बुन्दे मापदन कागजमै सीमित रहेको प्रष्ट देखिन्छ ।


जून १४ मा  प्रत्येक वर्ष  विश्वव्यापी रुपमा क्रुर र निर्दयी तरिकाले हुने पशु ढुवानीविरुद्ध दिवस मनाउने गरिन्छ ।