२७ भदौ बीरगञ्ज -जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेका छन् ।
२०७९ मंसिरको प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी एक वर्षमै राष्ट्रिय दल बन्न सफल भएको थियो । राउतले पार्टीलाई सफल बनाउन दिनरात मेहनत गरेको जनमानसमा भिजेकै कुरा हो ।
राजनीतिक क्षेत्रमा राउतले सफलता हात पारे तापनि उनले आफ्नो वैवाहिक जीवनलाई सफल पार्न सकेका छैनन् भन्ने कुरा सम्बन्ध विच्छेदको मुद्दाले प्रष्ट पार्दैछ।लामो समयसम्म श्रीमान्-श्रीमती अलग बस्नु, पारिवारिक व्यवस्थापनमा ध्यान नदिनु को कारण सम्बन्ध विच्छेद हुन गएको हो ।
राउतले दुई हप्ता अघि ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा हालेको स्रोतले जानकारी दिएको छ । सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा सम्बन्ध विच्छेदको कारण पनि खुलाएका छन् ।
राउतले हालेको मुद्दामा श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख रहेको अदालत स्रोत बताउँछ । प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुने कानुनका जानकार बताउँछन् । आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, घरपरिवार र बच्चाको रेखदेख नगरेकाले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा जनाएका छन् ।
पुरुषहरूले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिनुले समाजमा पुरुषहरुमाथि पनि हिंसा ,मानसिक यातना भइरहेको कुराले संकेत गरेको छ ।
महिला हिंसाको कुरामात्रै बाहिर आउने पुरुषहरुको पीडा बाहिर नआएको कारण सम्बन्ध विच्छेद गर्न खोज्दा पनि सहज नभएको स्रोतले बताए । “आपसी सम्बन्ध राम्रो नभएपछि छुट्टिन चाहदा पनि महिलालाई जत्ति सहज पुरुषलाई नरहेको, तर पनि कानुनी संघर्षमा लागि रहेका छन् । कानुनले पुरुषलाई पनि सम्बन्ध विच्छेदको लागि बाटो खुकुलो गरेको भएपनि सहज नभएको स्रोत जानकारी दिएका छन्।