ज्ञान्दा एकेडेमीले राष्ट्रिय परीक्षा बोर्ड कक्षा ११मा अध्ययनरत छात्रछात्राहरुलाई नयाँ नेतृत्व र जिम्मेवारी दिने उद्देश्यका साथ उक्त पदभार ग्रहणको आयोजना गरेको थियो ।

सिद्धार्थ इन्टरनेशनल कलेजका निर्देशक तथा शिक्षाविद् डा. विश्वम्भर शर्माको प्रमुख आतित्थमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दिप तुलस्यानले गर्नुभएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा सम्मानित अतिथिहरू माउन्ड एडमन्ड स्कुलका प्रबन्ध निर्देशक फजिल अहमद, बिकन स्कुलका निर्देशक प्रकाश उपाध्याय र ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाको पनि सहभागिता रहेको थियो ।

 ज्ञानदा एकेडेमीका प्रोगाम लिडर वशिम हुसैनले स्वागत मन्तव्यमा युवाहरूको भूमिका महत्वपूर्ण भएको र यसप्रकारका जिम्मेवारीले उनीहरूमा एउटा जोश र जाँगरको प्रार्दुभाव गर्ने भएकोले यसप्रकारको जिम्मेवारी आगामी दिनहरूमा दिँदै जाने तथा ज्ञानदा एकेडेमीले यसका लागि जमर्को गरिसकेको कुरा व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । 

अहिलेको परिप्रेक्ष्यमा नयाँ पुस्तालाई जीवन पद्धति जिउने नयाँ ज्ञानका ढोका खोल्न र जिम्मेवारी बोध गराउन अति आवश्यक हुन्छ त्यहि भएर दिइएको उत्तरदायित्व वहन गर्न अनुशासनका दायरा र विविध ज्ञान र सोचमा परिवर्तन ल्याउन यसप्रकारका जिम्मेवारी दिनुपर्ने कुरामा जोड दिनुभयोे साथै उहाँले आगामी दिनहरूमा पनि यस प्रकारको जिम्मेवारी दिएर विदेश पलायन हुन रोक्नुपर्ने र स्वदेश मैं बस्न आजका युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने कुरा आफ्नो मन्तव्यमा कार्यक्रमका प्रमुख अतिथि डा. विश्वम्भर शर्माले व्यक्त गर्नुभयो ।

कार्यक्रममा ४२ जना पदाधिकारी हरूलाई व्याच र पदभार ग्रहण गराइएको थियो ।

उनीहरूलाई सपथ ग्रहण ज्ञानदा एकेडेमीका अतिरिक्त क्रियाकलाप संयोजक फुर्वा शेर्पाले गराउनु भएको थियो ।

कार्यक्रममा हेडव्याय तथा हेड गर्ल, डेपुटी हेडव्याय तथा हेड गर्ल, डिसिप्लिन इन्चार्ज व्याय र गर्ल, स्पोर्टस व्याय र गर्ल , एकेडेमीक प्रिफेक्ट्स, हाउस कैप्टेन व्याय र गर्ल, डेपुटी हाउस क्याप्टेन व्याय र गर्ल तथा हाउस प्रिफेक्ट्सहरूलाई पदभार ग्रहण र ब्याच प्रदान गरिएको थियो ।

ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दीप तुलस्यानले कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 कार्यक्रमको सहजिकरण ज्ञानदा एकेडेमीमा अध्ययनरत कक्षा ११ का छात्रछात्रा राजन प्रसाद यादव र रोमा पटेलले गर्नुभएको थियो ।