२७ जेठ बीरगञ्ज - आइतबार आज बिहान ९ बजेदेखि कर्णाली नदीमा रहेको झोलुङ्गे पुल चुँडिदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । पुल चुँडिँदा दुई वटा खच्चड भने मृत्यु भएको छ ।


अछामको पञ्चदेवल विनायक नगरपालिका–९ मा झोलुङ्गे पुलको एकातर्फको फलामे लठ्ठा चुँडिदा १३ वटा खच्चर पुलमै अड्किएका थिए । ती मध्ये ११ वटालाई सकुशल उद्धार गरिएको छ भने दुईवटा खच्चरको उद्धार गर्ने क्रममा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।


अछामबाट दैलेखमा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा अड्किएका खच्चरलाई नेपाल प्रहरी, नेपाली सेना र शस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा  छलट्ठा काटी कर्णालीमा खसालेर सकुशल उद्धार गरिएको हो ।


२०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो । पुलको दाहिने साइटको  एकातर्फका फलामका दुई वटा लठ्ठा  मध्ये एउटा लठ्ठा चुँडिएको थियो ।खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनील दाहालले जानकारी दिनुभएको छ ।