आज शनिबारका दिन जिल्ला प्रशासन कार्यालय बिरगंज पर्साकाे आयोजनामा तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साकाे सहयाेगमा २१औं निजामती सेवा दिवस २०८१काे अवसरमा जिल्ला पर्सा बिरगंज महानगर पालिका वडा नम्बर ०९ स्थित जिल्ला प्रशासन कार्यालयको प्राङ्गण मा विभिन्न किसिमका जात जातिका विरूवा रोपण कार्यक्रम गरी उक्त कार्यक्रम सुसम्पन गरियो।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेस सागर , जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उतम कुमार , जिल्ला प्रशासन कार्यालय बिरगंज पर्सााका दिपक , वीरगंज भन्सार प्रशासक प्रमुख विनय कुमार कारागार बिरगंजको टीका कृष्ण , बाल सुधार गृह बिरगंज पर्सा अमृत , कारागार बिरगंज पर्सााका जेलर अशोक कुमार , केंद्रीय उपाध्यक्ष निजामती कर्मचारी युनियन दिलीप कुमार , अनुसन्धान कार्यालय बिरगंज पर्सा गौरीशंकर , जिल्ला प्रशासन कार्यालय बिरगंज पर्सा सुनिल कुमार लगायत विभिन्न निकायका पदाधिकारी हरुको उपस्थित रहेको थियो ।