नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रका घाइते र कुरुवाको हवाई भाडा नलिने
भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवा हरुको हवाई भाडा नलिने नेपाल वायुसेवा निगमले निर्णय गरेको छ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूकम्पका प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत बेहोर्ने निर्णय गरेको छ।
सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ।