२३ जेठ बीरगंज -पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–४, खेस्रहा स्थित रामाशंकर गिरिको गोठमा आज बिहान करिब ४:४० बजे विद्युतीय सर्टको कारण भीषण आगलागी भएको छ ।
आगलागीका कारण दुई घर र गोठ पूर्ण रूपमा नष्ट भएका छन् भने लाखौँ मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।आगलागीका कारण दुई घर र गोठ पूर्ण रूपमा नष्ट भएका छन् भने लाखौँ मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
प्राप्त जानकारी अनुसार, स्थानीय बासिन्दा रामाशंकर गिरीको फुसको गोठ र फुसकै आवासीय घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीका कारण उक्त घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार रामाशंकर गिरीलाई अन्दाजी रू. ७,००,००० (सात लाख) बराबरको क्षति पुगेको छ । साथै, उनको एउटा भैँसी र एउटा पाडो पनि आगलागीमा परेर घाइते भएका छन् ।