वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका श्रीराम पछाडि खाली चौरबाट चालकसहित ना ६ ख ७२६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
मल्लको नेतृव प्रहरी टोलीले विहिबार विहान पौने ८ बजेको समयमा नियन्त्रणमा लिएको मालवाहक ट्रकमा अवैध घरेलु मदिरा ३९ पोकामा प्रति पोका १० लिटरका दरले ३ सय ९० लिटर लोड रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।