भारतको ओडिशा बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ ।

दुर्घटनामा ९ सयभन्दा बढी घाइते भएका छन् भने २८० जनाको मृत्यु भएको छ । कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको थियो, त्यसपछि विपरित दिशाबाट अर्को लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो। जसका कारण यो दर्दनाक दुर्घटना भएको हो ।

ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।