आयल निगम नाफामा गएपनी तत्काल तेलको भाउ नघटाउने भएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य अनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । एलपी ग्यास भने ४४ रुपैयाँले बढेर आएको छ ।

यसरी मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । अब निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपैयाँयाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा भएको छ भने हवाई इन्धन आन्तरिकमा ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।