१७ मंसिर बीरगञ्ज -बिरगंज महानगरपालिका पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर बिरगंज पर्साको संयुक्त आयोजनामा पर्सा बि.म.पा.वडा.१३ स्थित गौतम बोर्डिङ्ग स्कुलमा बिद्यार्थी भाइ बहिनीहरूलाई सरसफाई तथा हरियाली सम्बन्धि समाजमा परिवर्तन र विकास ल्याउनु छ भने, जरालाई मजबुत पार्नुपर्छ । सााथै बीरगञ्जलाई अझ हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियालीको महत्व बुझाई यसको बानी बसाल्नका लागि स्कुलमा बिहान असेंबली स्थलमा(प्रार्थना स्थल) मा सरसफाई र हरियालीको महत्व सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिइएको छ ।
बालबालिकाले विभिन्न क्रियाकलापमा सहभागी हुन पाए अझ बढी क्षमता को विकास हुन्छ ।बालबालिका प्रकृतिका अमूल्य उपहार हुन् । बालबालिका नै भोलिको देशका कर्णधार हुन् । वास्तवमा समाजमा रहेका विभिन्न रङ, भाषा, वेशभूषा आदि देश र समाजका सम्पत्ति हुन् ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेताङ ज्यूले उक्त कार्यक्रममा बोल्दै बालबालिकाको जगेर्ना गर्नाले समाज सम्वृद्ध तथा समावेशी परम्पराले बालबालिकाको अन्तरनिहित क्षमता उजागर भई परिवार तथा देश सम्वृद्ध हुन्छ बालबालिकालाई समाजमा उनका महत्त्व बुझाउनुभयो।