१६ भदौ बीरगञ्ज -बीरगंज सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्।तस्करी कार्यलाई रोक्न भन्दै सवारीसाधन र पैदलयात्रीलाई गस्ती बढाएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनाएका छन् ।
आज आइतबार १६ गते पर्सा जिल्लाको बिरगंज म.न.पा.-१६ स्थित ईनर्वाका बिभिन्न सीमा नाकाहरुबाट सशस्त्र प्रहरी बल, नेपाल प्र.सि.सु. गुल्म बिरगंजबाट खटीएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको कपडा, हार्डवएर, मोबाईल एसेसोरिज तथा किराना सामानहरु रु.१७,६४,२०२।- बराबरको भन्सार छलीका सामान बरामद गरेको हो। उक्त सम्मान बरामद गरी आवश्यक कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र युनिट छन्। यी दुई प्रहरी संगठन र भन्सार कार्यालयले नाका र सम्भावित स्थानमा नियमित निगरानी र गस्ती गर्दै आएको तथा कसैले दिएको सूचनाको आधारमा र छड्के रूपमा गस्ती लाई तीव्रता दिएका छन् ।