भारतको गुजरातमा झोलुंगे पुल खस्दा एक सय भन्दा बढीको मृत्यु भएको छ। 
गुजरातको मौरवीमा मच्छु नदीको कात्तिक १३ गते पुल खस्दा कम्तिमा १३० जनाको मृत्यु भएको टाईम्स अफ इन्डियाले उल्लेख गरेको छ। टाईम्स अफ इन्डियाका अनुसार कात्तिक १४ गते विहान ८ बजेसम्म उद्धार कार्य जारी रहेको छ। 

पुल खस्दा कैयौं व्यक्ति नदीमा खसेको भारतीय सञ्चार माध्यमले जनाएको छ। बिबिसीका अनुसार यो सय वर्ष पुरानो पुल हो ।