सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाउने आरोपीले आत्महत्या गरेका छन् ।
सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाउने दुई आरोपीलाई मुम्बई क्राइम ब्रान्चले सोमबार १५ अप्रिलको मध्यराति गुजरातको बुतबाट पक्राउ गरेका थिए ।
१४ अप्रिल को बिहान लगभग ४:५५ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ४ देखि ५ राउन्ड गोली फायरिङ गरि फरार भएका थिए।
प्रहरीको हिरासतमा रहेका यी दुई आरोपीमध्ये एकजनाले आज १ मईको आत्महत्या गरेका छन्।आत्महत्या गर्ने आरोपीको नाम अनुज थापन रहेको खुलासा भएको छ। जानकारीका अनुसार अनुज थापन लाँरेस बिश्ननोई गैंगको सम्पर्कमा थिए थापन ट्रक हेल्परको रुपमा त्यहाँ काम गरिरहेका थिए।