बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक एंव उपमेयर इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । बुधबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।
अहिले भैरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिए सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ ।
बैठकमा वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल , वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुरका साथै सरोकारवाा संघसंस्था र निकायका प्रतिनिधीहरुको पनि सहभागिता थियो ।