१७ पुष वीरगञ्ज -बीरगञ्जको कुम्हालटोल बाट अवैध रुपमा भन्सार छली गरी ल्याएका लाखौं बराबरका  लत्ता कपडाहरु बरामद गरिएको छ ।



विशेष सुराकीका आधारमा आज  (बुधबार ) सशस्त्र प्रहरी बल , नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र बीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर ७ कुम्हालटोल स्थित एक घरमा भारतबाट राजश्व छली अवैध रुपमा नेपाल भित्र्याई लुकाई छुपाई गरी घरमा ल्याई भण्डार गरेर राखिएको अवस्थामा ८ लाख २८ हजार ३ सय ५० बराबरको विभिन्न लत्ता कपडाहरू  बरामद गरेको हो ।बरामद गरिएको समान आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको ।सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुबाले जानकारी दिनुभयो । (डिएसपी ) सुबाले  सशस्त्र प्रहरीको सक्रियताको कारणले भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको जानकारी दिए ।