बारा, १९ मंसिर / जिल्लाको मात्र नभइ बिश्वमै पाच बर्सिय मेलाको रूपमा सभ्य र भब्य तरिकाले लाग्दै आएको गढिमाइ मेलामा पर्किङ्ग शुल्कको नाममा व्यापक अनियमितता हुँदै आएको घटना बाहिरिएको छ । गढिमाइ मेलामा चारै तिर राखिएको पार्किङ्गमा मनोमानी तरिकाले रकम असुली हुने गरेको घटना बाहिरिएको हो ।


गढिमाइ मेला समितिका अध्यक्ष सङ्गै महागढिमाइ नगरपालिकाका अध्यक्ष समेत रकेहा उपेन्द्र(उपन) यादवको नजिकको ठेकेदार हो भन्दै मनोमानी तरिकाले रकम असुल गर्न लागेको एक घटनाले पुष्टि गरेको छ । श्री गढिमाइ नगरपालिका पार्किङ्ग नामले राखिएको पार्किङ्गमा कार टेम्पूको दर रेट १ सय रूपैया निर्धारण गरिएतापनी मनोमानी तरिकाले २ सय रूपैया लिने गरेको पाइएको हो । 


मंसिर १९ गते बिहान ४६२३ नम्बरको कार पार्किङ गर्दा २ सय रूपैया लिएको यस अनलाइनलाइ प्रमाण फेला परेको छ । गढिमाइ दर्शन गर्न पुगेका ब्रतालु सङ्ग पार्किङ्गका ठेकेदारले निर्धारित गरिएको रकम भन्दा दुई गुन्ना बढी रकम लिइ जगहसाइ नै गरेको रसिदबाट प्रष्ट बुझन सकिन्छ । यस बिषयमा गढिमाइ मेला समितिका द्वय प्रवक्ताको नम्बरमा बारम्बार फोन सम्पर्क गरि जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहेन्न ।