वीरगंज महानगरपालिकाको वडा नं. १ देखि ३२ वटै वडा समितिको कार्यालयबाट प्रवाह हुने सेवा १० गते सम्मका लागि बन्द गरिएको छ । साउन १ गते देखि १० गतेसम्म वडा कार्यालयबाट दैनिक रुपमा प्रदान हुँदै आएका सेवाहरु बन्द गरिएको हो ।
वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णद्वारा जारी सूचना अनुसार आर्थिक वर्ष २०७९÷८० देखि वडा समितिको कार्यालयले दिने सुविधाहरुको दस्तुर को रसिद हातले काटेर दिने होइन कि कम्प्युटर मार्फत रसिद काटिने भएकोले उक्त सुविधा सबै वडामा रहेको कम्प्युटरमा सफ्टवेयर जडान गर्नू पर्ने भएको हुँदा १० गते सम्मको लागि दैनिक सेवाहरु बन्द गरिएको छ ।
यसरी कम्प्युटर मार्फत रसिद काटिने भए पछि पार्दर्शिता हुनुको साथै करमा हुने अनियमिततामा पनि रोक लाग्ने र लाभ ग्राहिको कर पनि सहि ठाउमा सदुपयोग हुने वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए ।
