कुमारी बैंकले सेवाग्राहीको सहजताका लागि मोबाइल (घुम्ती) एटीएम भ्यान वीरगंजमा ल्याएको छ ।

जताततै ग्राहकै अगाडि एटिएम आफै पुगेर ग्राहक लाई सेवामा सहुलियत पुर्याउने तथा ग्राहको समयको बचत गराउने उद्देश्यले सुरुवात गरिएको मोबाइल एटीएम भ्यान वीरगंजमा संचालनको लागि आइपुगेको हो ।

यसरी मोबाइल एटीएम भ्यानले शहरको मूख्य स्थानमा पुगेर सेवाग्राहीलाइ सेवा उपलब्ध गराएको कुमारी बैंक मधेश प्रदेश प्रमुख सुदर्शन राणाले बताए । मोबाइल एटीएमले गर्दा पैसा निकाल्नका लागि शहर पुग्नुपर्ने अथवा एटीएम मेशिन खोज्नु पर्ने बाध्यताबाट सेवाग्राहीलाई छुट्कारा मिल्ने राणाको विश्वास छ । राणाका अनुसार एटीएम सुविधा नभएको स्थानमा मोबाइल एटीएम भ्यान पुगेर कुमारी बैंक र अन्य बैंकका सेवाग्राहीहरुले समेत पैसा निकाल्ने सुविधा उपलब्ध गराउँछ ।


नेपालमै पहिलो सुरुवात गरेको कुमारी बैंकले ल्याएको मोबाइल बैंक एटीएम भएको बैंकका मधेश प्रदेश सञ्चालन प्रमुख रञ्जित कुमार यादवले बताए ।