‘पठान’ सुपरहिट भएपछि अहिले धेरैको नजर शाहरुखको आउँदै गरेको फिल्म ‘जवान’मा छ । यस फिल्मलाई लिएर शाहरुख खानका प्रसंशक एकदमै उत्साहित देखिन्छन् ।
भारतीय संचार माध्यममा आएका खबरअनुसार ‘जवान’ लाई अझै विशाल बनाउनका लागि निर्माताले अनेक दाउ गरिरहेका छन् । फिल्मलाई संसारको सबैभन्दा ठूलो स्क्रीनमा रिलीज गर्ने तयारी छ ।
‘जवान’ फिल्मलाई जर्मनी स्थित लिओनबर्गको आईम्याक्स स्क्रीनमा रिलीज गरिनेछ । यो स्क्रीन १२५ फिट चौडाई तथा ७२ फिट लम्बाईको छ । जो संसारको सबैभन्दा ठूलो स्क्रीन मानिन्छ ।
यस स्क्रीनलाई ‘ट्रम्पलास्ट’ नाम दिइएको छ । जसलाई ६ सेप्टेम्बर २०२२ मा स्थापना गरिएको थियो । यदि यो फिल्म त्यहाँ रिलीज भयो भने यो स्क्रीनमा लाग्ने पहिलो भारतीय फिल्म हुनेछ ।