सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात बाट निधन भएको छ ।
शनिवार बिहान ११ बजेतिर गण परिसर स्थित आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । लडे लगत्तै उनलाई उपचारका लागि मेडीसिटी वयोधा अस्पतालमा लगिएको थियो । ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले पुष्टि गरे ।