सिरिसिया नदि सफाइ अभियान मा लागेका वीरगंज महानगरपालिका तथा अन्य विभिन्न संघ संस्थाहरु अभियानकै रुपमा लागेपनी आज सम्ममा कुनै उपल्बधी देखिएको छैन ।
सिरिसिया नदि आसपासका स्थानिय वासिहरू सम्बन्धित निकायमा पटक पटक गुनासो पोखेपनी हालसम्ममा पनि उक्त समस्या जस्ताको तस्तै रहेको छ । पर्सा र बाराका विभिन्न कलकारखाना बाट निस्केका प्रदुशित पानीको कारण स्थानिय मारमा परेका छन् ।
स्थानिय निर्वाचनका नेतागणले सिरिसिया नदी सफाइ सम्बन्धी घोषणा पत्रमा समेत राखेपनी हालसम्म कुनै सुधार नभएकोले सिरिसिया नदि प्रदुशण मुक्त गराउन का निम्ति चुरे तथा वनजंगल संरक्षण अभियान का राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा वीरगंज देखी काठमाण्डौ सम्मको पदयात्रा आजबाट प्रारम्भ भएको छ।