३१ असार बीरगञ्ज -प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले गोपनियताको शपथ लिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । 

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन् ।२२ वटै मन्त्रालयहरुमा मन्त्री नियुक्त भइ सोमबार नै शपथ लिएका छन् । उनीहरुको कार्यभार आजै सुरु हुँदैछ ।

पृथ्वी सुब्बा गुरुङ : सञ्चार मन्त्री

रमेश लेखक : गृह मन्त्री

शरदसिंह भण्डारी : श्रम मन्त्री

डा आरजु राणा : परराष्ट्र मन्त्री

प्रदिप यादव : खानेपानी मन्त्री

बलराम अधिकारी : भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री

दामोदर भण्डरी : उद्योग मन्त्री

नवल किशोर साह सुडी : महिला बालबालिका तथा समाजकल्याण मन्त्री

देवेन्द्र दाहाल : भौतिक पूर्वाधार मन्त्री

तेजुलाल चौधरी : युवा तथा खेलकुद मन्त्री

प्रदीप पौडेल : स्वास्थ्य मन्त्री

अजय कुमार चौरसीया : कानुन मन्त्री

बद्री पाण्डे : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री

रामनाथ अधिकारी : कृषि मन्त्री

विद्या भट्टराई : शिक्षा मन्त्री

मानवीर राई : रक्षा मन्त्री

दीपक खड्का : उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री

राजकुमार गुप्ता : संघीय मामिला मन्त्री

ऐन बहादुर शाही : वन मन्त्री