वीरगंज महानगरपालिका २ नं. वडा कार्यालयको सहयोग तथा शहरी गरिब सशक्तिकरण समाजको आयोजनामा एक महिने व्युटिशियन तालिमको समापन भएकोछ ।

समापन कार्यक्रमका प्रमुख अतिथी २ नं. वडा कार्यालयका वडा अध्यक्ष महम्मद रेयाज र संस्थाका अध्यक्ष साहेब हुसेनको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको हो । शिपसिकौ रोजगार बने भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको र महिलाले आर्थिक सशक्तिकरण मा भाग लिनुपर्छ र देश विकासमा महिला पुरुष दुवैको त्यतिकै योगदान रहेको वडा अध्यक्ष ले बताए ।

कार्यक्रमको अतिथी वडा सदस्य बसिर मिया हजाम, अब्दुल लतिफ मिया, दलित महिला वडा सदस्य रम्भा देवी र वडा सचिव कासिम शेष रहेका थिए ।

मिति २०८० जेष्ठ २ गते देखी ३१ गते सम्म संचालित व्युटिशियन तालिममा ४५ जना सहभागीले प्रशिक्षण लिदै आएका थिए, भने तालिमको प्रशिक्षक तरनुम प्रविन रहेका थिए ।