२६ भदौ बीरगञ्ज -गृहमन्त्रीले बुधबार मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेललाई सरुवा गरेका हुन्।पोखरेललाई प्रदेश प्रमुखबाट हटाइएको छ। उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। पछिल्लो समय उनी आर्थिक अपचलनको विवादमा तानिएका थिए।

प्रहरी महानिरिक्षक वसन्त कुँवरले मधेश प्रदेशका केही घुमुवाहरुलाई यसअघि नै प्रहरी प्रधान कार्यालय तानेर छानविन भइरहेको थियो।प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको थियो। 

डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरले दाबी गरेका थिए । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत जानकारी दिएका छन्।