२७ चैत्र बीरगंज - सुरक्षा बेस जितपुरले भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न कपडाहरु नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरका सशस्त्र प्रहरी नायब उपरिक्षक प्रकाश चन्द्र भट्टको नेतृत्वमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले विशेष सूचनाकाे आधारमा बुधबार दिउँसो १२ बजेको समयमा भारतबाट चोरी पैठारी गरी नेपाल भित्र्याइएको कपडा बीरगंजबाट हेटौडा जाँदै गरेको (हाइन्स ) गाडी बाट बरामद गरेका छन् ।
डिएसपी भट्टले सुचना पाउनासाथ उक्त गाडीलाई बीरगंज बाटै पछाउँदै जितपुर सिमरा उपमहानगरपालिका छातपिपरा वडा नं. ८ मा फेला पारि बच्चाको कपडा ४८४ थान , सेतो लुंगी १६ थान , लेडिज विभिन्न कपडा ५२ पिस गरी एक लाख छियानबे हजार पाँच सय बराबरको भन्सार छलीका कपडाहरु बरामद गरि थप अनुसन्धानका लागि भन्सार बुझाइएको जानकारी डिएसपी भट्टले दिएका छन् । उनले भने, ‘कतिपयले गाडीमा लुकाएर, केहीले शरीरमा लुकाएर ल्याउँछन् ।अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न नियमित रूपमा चेकजाचलाई उच्च प्राथमिकता दिएका छौ ।