मुक्तिनाथ दर्शनका लागि गएकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुणा बेनको टुकुचेमा लेक लागेर मृत्यु भएको छ।

उनी मुक्तिनाथ दर्शन गरेर फर्कँदै थिइन् । अचानक बिरामी भएकी जानीलाई उपचारको लागि मुस्ताङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । 

उनका अनुसार केही समययता मुस्ताङमा लेक लागेर मृत्यु हुनेको संख्या केही बढेको छ । घटनाको अनुसन्धान भैरहेको पाण्डेले बताएका छन्।