२५ मंसिर बीरगञ्ज - कुनै पनि नगरले आफ्नो एउटा प्राचीन इतिहास बोकेको हुन्छ। जसले गर्दा त्यो नगरले आफ्नो परिचय आफै दिइरहेको हुन्छ। औद्योगिक तथा आर्थिक नगरीको नामले चिनिने बीरगञ्जलाई बीरगञ्जका नगर प्रमुख राजेशमान  सिंहले धार्मिक एवं पर्यटकीय स्थलहरूको सौन्दर्यकरण र व्यवस्थापन यसरी गरेका छन् कि कुनै समयमा मात्र व्यापारका लागि आउने मानिसहरू आज बदलिएको बीरगंजको रूपरङ्ग हेरी मनमोहित हुन पुगेका छन्।


आज बीरगञ्जले आफ्नो इतिहासको पानामा अझ एउटा इतिहास दर्ज गरेको छ।वैभव बीरगञ्जको धार्मिक औद्योगिक पर्यटन र अन्य विशेषाङ्क इतिहासका प्रसङ्ग सहितको ( मुकाम )नामक किताब नेपाली एवं अङ्ग्रेजी भाषामा मुकाम मिडिया नेटवर्क प्रा . लि. ले प्रकाशित गरेको छ ।

मेयर सिंहले वीरगञ्जलाई वैभव बीरगञ्जको रूपमा परिणत गरे बेलादेखि वर्षयता  बीरगंजमा देश तथा विदेशका पर्यटनहरुमा तीव्रता ल्याएको छ ।बीरगञ्जमा अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान पनि बढिरहेको छ ।