वीरगन्ज–कलैया सडक खण्डमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतन बहुअरीस्थित सडकमा कारको ठक्करबाट ६ बर्षीया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ऋषिमुनी साहकी छोरी प्रीतिकुमारी साह रहेकी छिन् ।
गण्डकबाट बीरगञ्जतर्फ आउँदै गरेको डिएल१ चिएच २३६० नम्बरको कारले प्रीतिलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकी थिइन् ।गम्भीर घाइते भएकी प्रीतिलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकालाई ठक्कर दिने कारसहित चालक बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बासवरियाका ३७ बर्षीय मुकेशप्रसाद यादव र कारमा सवार भारतको बिहारको मोतिहारीका २७ बर्षीय मनिषकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।